विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मंगलवार बिहान बैठक बसेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव र अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अगाडि बढाउने विषय बैठकका मुख्य एजेण्डा छन् । बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्न सरकारलाई सुझाव दिने निर्णय लिइने एक सांसदले जानकारी दि...