श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको उक्त कथा सङ्ग्रह बुक्स हिमालयले प्रकाशन गरेको हो ।दस बर्से शिक्षण पेसा छाडी २०७२ सालदेखि काठमाडौँमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा समावेश छन् ।‘पोलेको मकै’