काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन्।भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्ने बताए।सरकारी अस्पतालमा सेवा बढाउन आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए। उनले भने, ‘अहिले विरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेव