आर्सेनिक समस्या समाधान गर्न तीनै तहको सरकारबीच सहकार्य आवश्यक : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरूमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्न तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्न तीनै तहको सरकारका बीचमा समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने बताउनुभएको हो । उनले संघीय तहबाट कार्यान्वयन हुने योजनाहरू भने आर्सेनिक रहे, नरहेको यकिन गरेर