दोदा नदीमाथिको पक्की पुल निर्माणको काम अलपत्र

वेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी […]

सम्बन्धित सामग्री

एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

बेदकोट – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ। करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन। पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ। पैँतिस/पैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ […]

१२ वर्षसम्म पनि बनेन कमला नदीमा पक्की पुल

सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ । ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले भौतिक पूर्वाधार मन्त्रालयसँग करिब २५...

हेक्पा खोला पक्की पुल अलपत्र

सिमकोट – सिमकोट–हिल्सा सडकको हेक्पा खोलामा निर्माण भइरहेको पक्की पुलको सम्झौता भएको ६ वर्षमा पनि नबनेको पाइएको छ। पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम ढिलाइ गरेका कारण निर्माण सुस्तगतिमा भइरहेको हो। हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र चन्दले हेक्पा खोलाको पक्की पुल निर्माण निकै सुस्तगतिमा भइरहेको स्विकारे। पटक–पटक ताकेता पत्र निर्माण कम्पनीलाई दिँदा […]

बझाङका तीन पक्की पुल अलपत्र

बझाङ । बझाङको सेती लोकमार्गमा बन्न लागेका तीन वटा पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरगत सेती लोकमार्गले निर्माण गर्न लागेका तीन वटै पुलको ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ । २०७५ सालमा काम सुरु गरेका निर्माण कम्पनीको लापरवाहीका कारण पुल अलपत्र परेको स्थानीय बताउँछन् । खप्तडछान्ना गाउँपालिका– ७ मा […]

सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र

काठमाडाैं । बझाङको सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरर्गत सेती लोगमार्गले निर्माण गर्न लागेका ३ वटा पक्की पुलमध्य एउटा पक्की पुलको मात्रै काम सुरु भएको छ । २०७५ सालमा डेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापवार्हीका कारण पुल अलपत्र परेका स्थानीयको गुनासो छ । खप्तड छान्ना […]

दूधकोसी चुहाड पुल अलपत्र

चुहाड/मैनामैनी (उदयपुर) । उदयपुर र भोजपुर जोड्ने दूधकोसी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ । चार महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने निर्माणाधीन मोटरेबल पक्की पुल अहिले दूधकोसीको वारिपारि एक-एक वटा पिलर उठाउने बाहेको काम हुन सकेको छैन । उदयपुरको बेलका नगरपालिका–७ चुहाड र भोजपुरको हतुवागढी गाउँपालिका–९ जोड्नेगरी दूधकोसी नदीमा निर्माण हुन […] The post दूधकोसी चुहाड पुल अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।...

गुल्मी पर्वत जोड्ने पक्की पुल अलपत्र

गुल्मी :  गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको वियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखी यसै अलपत्र परेको हो।तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौं बीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपैयाँ ११ पैसामा सम्झौता भएको थियो।सम्झौता अनुसार सो निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्यसम्पन्न गर्नु

ठेकेदारको लापरबाहीले पुल अलपत्र

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा ४ बसाहा चिचाई टोल र वडा ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो । सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ […]

तस्वीर : सप्तरीको मैनाकडेरीमा अलपत्र अवस्थामा रहेको पक्की पुल

सप्तरी जिल्लाको कञ्चनपुर राजविराज जोड्ने सडक खण्ड अन्तर्गत सप्तरीको मैनाकडेरीमा रहेको पक्की पुल । पुल बनेको लामो समय भएपनि पुललाई सडकसँग नजोडीएका कारण स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ । तस्वीर : रासस