मन्त्रिपरिषद्‍ बैठकद्वारा बजेट स्वीकृत

काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो। सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ। अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन्।