उपियाँ, उडुस, साङ्ला, मुसा नियन्त्रण गर्न त्रिवि शिक्षण अस्पतालद्वारा टेण्डर आह्वान

काठमाण्डौ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौले उपियाँ, उडुस, साङ्ला, मुसा आदि नियन्त्रण गर्न टेण्डर आह्वान गरेको छ ।  अस्पतालले शुक्रबार एक सार्वजनिक सूचना निकालेर बोलपत्र आह्वान गरेको हो । अस्पतालका विभिन्न विभाग, शाखा, वार्ड, ओपीड, युनिटलगायत अस्पताल परिसरभित्रका अरु ठाउँहरुमा मुसा, उडुस, उपियाँ, साङ्लालगायत नियन्त्रण गर्नुपर्ने भएकाले टेण्डर आह्वान गरिएको सूचनामा उल्लेख छ ।  सम्बन्धित विषयमा इजाजत प्राप्त इच्छुकलाई आवश्यक कागजात साथ गोप्य सिलबन्दीसहित १५ दिनभित्र बुझाउन भनिएको छ । साथै आवश्यक जानक...

सम्बन्धित सामग्री

नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे लिङ्देन

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। अस्वस्थ भई त्रिवि शिक्षण अस्पताल पुगेका नेपाललाई भेट्न लिङ्देन बुधबार त्यहाँ पुगेका हुन्। नेपाल दुई दिनदेखि अस्पतालमा उपचाररत छन्।

माधव नेपालको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे देउवा र प्रचण्ड

देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

माधव नेपाललाई भेट्न देउवा पुगे त्रिवि शिक्षण अस्पताल

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। देउवाले अस्वस्थ भएर अस्पतालमा उपचार गराइरहेका अध्यक्ष नेपालकाे स्वास्थ्य अवस्थाकाे जानकारी लिँदै स्वास्थ्य लाभकाे कामना गरेका छन्। देउवा बुधबार दिउँसाे शिक्षण अस्पताल पुगेका हुन्।उनीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि थिए। अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको […]

माधव नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

टिचिङ अस्पतालमा फार्मेसी, रेडियोग्राफर र ल्याबमा १५ कर्मचारी आवश्यक

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा तीनवटा पदमा १५ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ।

करेक्सन पिपुल्स भोलेन्टियर्सद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आबद्ध युवा संघ नेपाल अन्तर्गतको पिपुल्स भोलेन्टियर्स (पीभी)ले काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाइ गरेको छ । ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियानअन्तर्गत पीभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाइ अभियान सञ्चालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाइ गर्ने […]

माधव पक्षीय युवा संगठनद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सरसफाई

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा संगठन नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ । ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तर्गत पिभीले शनिबार बिहान सो अस्पताल परिसरमा सफाई अभियान संचालन गरेको हो ।शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तरगत आफूहरुले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट सफाई अभियान सुरु गरेको पिभीका संयोजक सञ्जीव राईले जानकारी द

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको बताए । ‘नियमित चेकजाँचका लागि उहाँ जानु भएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ’, मंगलबार पौने ११ बजे उनले रातोपाटीलाई बताए ।