काठमाडौं — गर्मीमा चिसो पानीले नुहाउँदा स्वर्गीय आनन्द आउँछ तर हिउँदमा चिसो पानी शरीरमा पार्ने कल्पनासम्म पनि गर्न सकिन्न । त्यतिखेर त तातो पानी नै चाहिन्छ । चिसो र तातो पानीले शरीरमा गर्ने लाभ वा हानिका बारेमा जानकारी हुनु जरूरी छ ।
चिसो पानीले नुहाउँदा हुने फाइदा
चिसो पानीले नुहाउँदा शरीर ताजा र चुस्त हुन्छ र शारीरिक सौन्दर्य बढ्छ ।
यसले रक्तसञ्चारलाई पनि राम्रो गराउँछ ।
चिसो पानीले नुहाउँदा शरीर फुर्तिलो र ऊर्जावान् महसूस हुन्छ । यसले तनाव कम गराउँछ र राम्रो निद्रा ल्याउँछ ।
चिसो पानीले नुहाउ...