भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए । शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले य