सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुल गान्धीसँग १० घन्टा सोधपुछ

भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रवर्तन निर्देशनालयले नेशनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा सोधपुछको लागि राहुल गान्धी र कांग्रेस प्रमुख सोनिया गान्धीलाई बोलाएको थियो । योंग इन्डियन प्रालिविरुद्धको उजुरीलाई ट्रायल अदालतले नोट गरेपछि एजेन्सीले हालै सम्पत्ति शुद्धीकरणसम्बन्धी मु