सांसद देवकोटा भन्छन्– नागरिकता विधेयकको खुकुलो प्रावधानले संगठित अपराध बढ्छ

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए । उनले विदेशी बुहारीलाई नागरिकता दिन ६ महिना पनि कुर्न नसकेको टिप्पणी...