धनगढी : सदूरपश्चिममा लगातारको वर्षाले लाखौको क्षति गरेको छ।निरन्तरको वर्षाले कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन ४ लेन पुलको काम प्रभावित भएको छ। २ दिनको लगातार वर्षाका कारण नदीमा पानीको बहाव बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो। नदीमा पानीको बहाव बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए। जसबाट करोडभन्दा बढीको क्षति भएक