गैर आवासीय नेपाली संघ(एनआरएनए)को आठौं र नवौं बिश्व सम्मेलनको स्मरण गर्दा फर्जी र नक्कली प्रतिनिधिको बिगबिगीले अझैसम्म पनि झस्काउने गर्दछ। दुवै पटक पाँच तारे होटेल हायातमा भएको बिश्व सम्मेलनले गैर आवासीय नेपाली संघको ईतिहासलाई कलंक लगाइ दिएको छ। गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनको प्रतिनिधि दर्ता प्रकृयालाई आफ्नो हातमा लिएर आवश्यक कागतपत्र बिना नेपालमा बस्ने युथ फोर्स र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई प्रतिनिधिको रुपमा दर्ता गरियो।