पोखरा। नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ प्रतिनिधि सभाको लागि सिफारिस भएका छन्। अघिल्लो प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभा निर्वाचन लडेका स्थायी कमिटी सदस्य गुरुङ संघीय सांसदका लागि सिफारिस भएका हुन्।