पर्वत - मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्ड पहिरोले बन्द भएको छ । निरन्तर परेको पानीका कारण कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो आएपछि सडक बन्द भएको हो ।
सडक बन्द भएपछि मुस्ताङ, बाग्लुङ, म्याग्दीबाट छुटेका लामो दूरीका गाडीबीच बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको तर सडक माथिबाट ढुङ्गासहितको लेदो बगेकाले खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउन मध्यपहाडी लोकमार्ग आयोज...