काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदैछन्। रोल्पा नगरपालिकाले निर्माण गरेको टावर उद्घाटन र आमसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जाने सचिवालयले जनाएको छ। रोल्पा नगरपालिकाले जनयुद्ध स्मृति टावर निमार्ण गरेको छ। युद्ध पर्यटनलाई टेवा पुर्याउने उदेश्यले निमार्ण गरिएको टावरको बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने नगरपालिकाका प्रमुख पुर्ण केसीले जानकारी दिए। उनका अनुसार टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका एक हजार ब