शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्लो एक महिनायता झाडापखालाको उपचार गराउने बिरामीको दर बढेको छ । गएको एक महिनाको अवधिमा १८० जना झाडापखालाका बिरामी उपचार गराउन अस्पताल आइपुगेको अस्पतालका प्रवक्ता नवराज अधिकारीले जनाकारी दिए । बर्षा लागेसँगै टेकु अस्पताल झाडापखालाका बिरामीको दर बढेको अस्पतालले जनाएको छ ।बर्षा लागेसँगै विभिन्न किसिमका सरुवारोगहरु देखिने गर्छन् । गर्मी, प्रि–मनसुन र मनसुनमा झाडापखाला, हैजा, मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, सिभियर एक्युट रेस्पिरे