एसिया क्षेत्र भेलामा मन्त्री कुँवरलाई निम्ता

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री केसी लगायतका पदाधिकारीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा पदाधिकारीहरूले संघले नेपाल सरकार र सरोकारवालाहरूको सहकार्य समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भइरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याहरू बारे ध्यानाकर्षण समेत गराए । संघले कोभिड-१९ बेला श्रमिकहरूलाई गरेका उद्धार तथा राहत  कार्यक्रमहरूका बारेमा जानकारी दिएका थिए । त्यसै गर