प्रहरी घेरामा कैदीको तमासा : मदिरामा लठ्ठ, जुवामा मस्त

इलाम : देशकै व्यवस्थितमध्ये पर्छ इलाम कारागार। सजाय भुक्तान गर्ने कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थलगायत आधारभूत कुरामा पनि देशभरका जेलहरूको अवस्था नाजुक रहेको गुनासो आइरहेका वेला इलाम कारागारलाई सुधार गृहको रुपमा लिने गरिएको छ।तर इलाम कारागारको व्यवस्थापनभित्रको अँध्यारो पाटो भर्खरै सार्वजनिक भएको छ। इलाम कारागारमा कानुनले वर्जित गरेका मदिरासेवन, जुवा तास खेल्न तथा मोबाइल फोनसमेतको प्रयोग हुने गरेको पाइएको छ।कारागारभित्रका कैदी र थुनुवाले कारागारला