दासढुंगा काण्डको छानविन संयोजक बनेका पूर्वन्यायाधीश अनिलको निधन

२१ मंसिर, काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए । जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए । उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको […]