सुनको मूल्यले रेकर्ड बनाउँदा बैंकका ऋणीलाई राहत ! बिहेको सिजनमै किन्ने भन्दा बेच्ने धेरै

काठमाडौं । वैशाख महीना बिहेको सिजन हो । तर, यहि सिजनमा बिहीवार पहेंलो धातु सुनले नेपाली बजारमा नयाँ रेकर्ड कायम गर्‍यो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीवार सुनको मूल्य एकै दिन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ११ हजार ८०० रुपैयाँ कायम भयो । यसअघि गत चैत २२ गते सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँसम्म पुगेको थियो । बजारमा सुनको मूल्य बढेसँगै अहिले किन्नेहरू भन्दा बेच्ने ग्राहक बढी भएको सुनचाँदी  व्यावसायीहरू बताउँछन् । बिहेको सिजनमा सुन किन्ने भन्दा विक्रीगर्ने बढीहुँदा समस्या भएको उनिहरूले बताएका छन् । न्युरोड स्थित ऋद्धिसिद्धि ज्वेलर्समा कर्यरत राजन अधीकारी सुनको मूल्य बढेसँगै पुरानो सुन बेच्ने ग्राहक धेरै आएको बताउँछन् । उनले अहिले आर्थिक मन्दीका कारण पनि पहिले जस्तो खरीद गर्ने ग्राहकको चहल पहल नभएको तथा सुनले नयाँ रेकर्ड बनाएपछि त विक्री गर्नेहरू नै बढेको बताए । 'अहिले मन्छेलाई दालभात नै कसरी खाने भन्ने अवस्था आइसकेको छ, सुन किन्ने त परको कुरा । त्यसमाथी सुनको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्नाले ग्राहक किन्ने भन्दा बेच्ने तिर लागेका छन्,'उनले आर्थिक अभियानसंग भने ।  उनका अनुसार पहिला पहिला सिजनमा कोटा प्रणालिले गर्दा बजार माग धान्न नै मुस्किल थियो । तर अहिले पुरानै सुन गालेर काम भइरहेको छ । माघ फागुनमा दैनक ५०, ६० तोला सम्म सुन विक्री गर्ने ब्यापारीले अहिले मुस्किले १० तोला विक्री गर्न सकेको उनले बताए । नेपाल सुनचाँदी व्यवसायी महासघंका अध्यक्ष मणिकरत्न शाक्यले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा नै बढेकोले नेपाली बजारलाई पनि असर गरेको बताए । 'मेरो विचारमा यो अहिलेको मूल्यबाट अझ बढ्ने सम्भावना छ । अहिले बिवाह लगायतका कारण सुनको सिजन भएता पनि विगतमा जस्तो बजारमा चहलपहल भने छैन,' उनले भने, 'अहिले महङ्गीका कारण ग्राहकहरूले सुन किन्ने अवस्था पनि छैन ।' सिजनमा दैनिक ३५ देखि ४० किलोग्रामसम्म सुनको माग हुने गरेको उनले बताए । सरकारले सुनमा दैनिक १० किलोग्राम कोटा लगाउँदा  सिजनमा माग धान्न मुस्किल पर्दै आएकोमा अहिले भने खरीद गरेकै सुन बेच्न पनि नसकिएको उनले बताए । एक वर्षमा कतिले बढ्यो भाउ ?  पछिल्लो एक वर्षमा सुनको मूल्य तोलामा १४ हजार ६०० सय रूपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्ष आजकै दिन सुनको भाउ प्रतितोलाको ९७ हजार २०० रूपैयाँ थियो । त्यसयता सुनको मूल्यमा निकै उतारचढाव आइसकेको छ ।  पछिल्लो वर्षभर सुनको मूल्यमा उतारचढाव रहेपनि चैत २२ गते उच्चतम् मूल्य कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ११ हजार रूपैयाँ कायम भएको थियो । उक्त मूल्यलाई आज फेरी उछिन्दै तोलाको १ लाख ११ हजार ८०० रुपैयाँमा कायम भएको छ । उक्त अवधिमा गत असार ४ गते  यस वर्षकै न्यूनतम मूल्य तोलाको ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी सुनको मूल्य गत पुष ३ गते देखि लगातार १ लाख रुपैयाँभन्दा बढीमा कारोबार हुँदै आएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि एक वर्षमा प्रतितोला १५५ रूपैयाँले बढेको छ । गत वैशाख २१ गते प्रतितोला १ हजार २९० रूपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १ हजार ४४५ रूपैयाँ पुगेको छ । सुन आयात कति ?  भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को ९ महीनामा सुन आयात घटेको छ । चालू आवको साउनदेखि चैत मसान्तसम्म १७ अर्ब २८ करोड ७ लाख ८२ हजार रूपैयाँ बराबरको २३ लाख १६ हजार ५८६ ग्राम (२ हजार ३१६ दशमलव ५ किलो) सुन आयात भएको छ । गत वर्ष यसै अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रूपैयाँको ४० लाख ९४ हजार ५०० ग्राम (४ हजार ९४ किलो)  सुन आयात भएको थियो । समीक्षा अवधिमा सुनको आयात ४३ प्रतिशत घटेको छ ।  नेपालले सुन स्विजरल्यान्ड, टर्की, युएइ र उजबेकिस्तान बाट आयात गर्दै आएको छ । यो अवधीमा सबैभन्दा धेरै यूएईबाट १४ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ बराबराबरको १९ लाख ६६ हजार ५४६ ग्राम सुन आयात भएको छ । सरकारले दैनिक सुनको कोटा १० किलोग्राम मात्र आयात गर्न पाउने निर्देशन लागू गरेसँगै सुनको कारोबारमा कमी आएको महासँघका प्रवक्ता मनोज कुमार साह बताउँछन् । उनले कोटाका कारण नेपालमा सुनको कारोबार घटेको व्यवसायीहरूको गुनासो रहेको बताए । सरकारले सुनमा कोटा प्रणाली लागू गरेसँगै बिवाह लगायतको सिजनमा सुन कालोबजारी पनि बढेको व्यवसायीहरूको गुनासो रहेको बताए । सुनको मूल्य बढ्दा वित्तीय क्षेत्रका ऋणीलाई राहत सुनको मूल्य बढ्दा वित्तीय क्षेत्रका ऋणीलाई राहत भएको छ । एकातर्फ बैंकको चर्को ब्याजदर र अर्को तर्फ देशमा देखिएको नरम आर्थिक मन्दीका कारण चपेटामा परेका ऋणीलाई भने आँफूसँग रहेको खजाना विक्री गरी ब्याज तिर्न सहज भएको बताएका छन् । न्यूरोडको एक सुनपसलमा पुरानो सुन विक्री गर्न पुगेका कीर्तिपुरका अनन्त कँडेलले ऋणको ब्याज तिर्न समस्या परेको तथा यहि बेला सुनको मूल्य पनि केहि बढेकोले सुन विक्री गर्न लागेको बताए ।  उनले वैंकबाट ऋण लिएर कीर्तिपुरमा घर बनाउँदै छन् । केही रकम ऋण लिएर शेयरबजारमा समेत लगानी गरेका उनले हाल ओरालो लागेको बजारमा शेयर बेच्नु भन्दा खजाना विक्री गर्दा राम्रो पैसा आउने देखेर विक्री गर्न लागेको बताए । ऋण लिएर शेयरमा लगानी गरेको त्यताको बजार त्यस्तै छ, शेयर बेचेर ब्याज तिर्नुभन्दा सुन बेचेर शेयर होल्ड गर्न ठिक लाग्यो, 'उनले भने । दक्षिणकाली बस्ने रमा घिमिरेले स्थानीय सहकारीबाट ऋण लिएर बाख्रा पालेकी थिइन् । पाठा नहुर्कींदै सहकारीले किस्ता तिर्न दवाब दिएपछि आँफ्नो तिलहरी र छोरीको घाँटीको सिक्री विक्री गर्न आएको बताइन् । 'सहकारीबाट ऋण लिएर बाख्रा किनेकी थिएँ । ६ महीना पनि भएको छैन सकेसम्म ऋण तिर नत्र किस्ता भएपनि तिर भन्न थाले । त्यसैले सुन बेच्न आएकी थिएँ, आज सुनको भाउ पनि बढेको छ रे,' उनले भनिन् । 

सम्बन्धित सामग्री

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको …

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ […]

डी योङ बेच्ने कुरामा बार्सिलोनामा अझै अन्योल

नेदरल्यान्ड्सका मिडफिल्डर डी योङ बेच्ने कुरामा बार्सिलोनामा अझै अन्योल भएको छ । बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीच डी योङलाई बेच्ने कुरामा अझै अन्योलता छाएको छ । बीबीसीका अनुसार युनाइटेडले डी योङले किन्न ६४ मिलियन पाउन्डको अफर गरेको थियो । बार्सिलोनाले उक्त अफरलाई स्वीकार गर्ने चर्चा चलेको थियो ।पछिल्लो समय बार्सिलोनाले डी योङलाई बेच्न मेहनत गरिरहेको छ । क्लब आर्थिक समस्यामा परेको हुँदा उनलाई बेच्ने चर्चा चलेको हो । सन् २०१९ मा डच क्लबबाट उनी बार्सिलोनामा गएका थिए । उनले बार्सिलोनामा ९८ लिग खे

वर्षामा बिजुली बेच्ने प्राधिकरणको योजना

नेपाल विद्युत प्राधिकरणले वर्षातको समयमा बचत हुने बिजुली बेच्ने योजना बनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ५ महिनामा २८ अर्ब रुपैयाँबराबरको बिजुली बेच्ने योजना बनाएको बताए । “भारतसँग सम्झौता भएको छ,” उनले भने, “वर्षायाममा हामी बिजुली सरप्लसमा हुन्छौँ अनि सोही कारण बिजुलीको अन्तर्राष्ट्रिय मूल्य समेत बढेकाले २८ अर्बको बिजुली बेच्ने योजना बनाएका छौँ […]

चेल्सीका मालिकले गरे क्लब बेच्ने निर्णय

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोभिचले क्लब बेच्ने भएका छन् । रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै क्लबको हितलाई ध्यानमा राखेर आफूले क्लब बेच्ने निर्णय गरेको बताएका छन् । उनले क्लब कतिमा बेच्न लागेको हुन् भन्ने कुरा भने खुलाएका छैनन् । रोमनले सन् २००४ मा क्लब किनेका थिए । […]

चेल्सीका मालिक रोमन अब्रामोभिचद्वारा क्लब बेच्ने घोषणा

काठमाडौं :  इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बेच्ने निर्णय गरेका छन्।  बुधबार राति एक विज्ञप्ती जारी गर्दै रसीयन अर्बपति अब्रामोभिचले क्लब बेच्ने घोषणा गरेका हुन्। २००३ को जुलाईमा क्लब किनेयता अब्रामोभिचले १७ महत्वपुर्ण ट्रफी क्लबमा भित्राएका छन्। उनले एफए कपको पाँचौं चरणमा लुटन टाउनसँगको खेल सुरु हुनु ६२ मिनेट अगाडि क्लब बेच्ने विज्ञप्ती सार्वजानिक गरेका थिए। उनको निर्णयपछि पनि क्लबले ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा चेल्सीले स्थान बनाएको छ।चे

भारतमा बिजुली बेच्ने निर्णयको इपानले गर्यो स्वागत

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)ले भारतमा बिजुली बेच्ने निर्णयको स्वागत गरेको छ । नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने सम्झौता भएपछि इपानले उक्त निर्णयको स्वागत गरेको हो ।बिजुली बेच्ने नेपालको लामो समयदेखिको प्रस्ताव भारतले स्वीकृत गर्दा उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्ने बाटो खुलेको इपानले बताएको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आजसम्म नेपालले मात्रै बिजुली किन्दै आएकोमा अब भारतले किन्ने बताए । भारतमा बिजुली बेच्ने क्रमलाई सरकारले फराकिलो बनाउँदै लैजानुपर्

महिलालाई कम्बोडियामा बेच्ने पक्राउ

काठमाडौँ, २४ असार: नेपाली महिलालाई भारतको बाटो हुँदै कम्बोडिया लगेर बेच्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आकर्षक तलबसहित जागिर लगाईदिने प्रलोभनमा पारी नेपाली महिलालाई काठमाडौँबाट काँकडभिट्टा भएर भारतको आसाम, नागाल्याण्ड, मनिपुर, म्यानमार, थाइल्याण्ड हुँदै कम्बोडिया लगेर बेच्ने धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई असार १२ गते […]

एनआईसीले दुईओटा कम्पनीको संस्थापक सेयर बेच्ने

काठमाडौं। एनआईसी एसिया बैंकले दुई वटा कम्पनीमा रहेको संस्थापक सेयरको स्वामित्व बेच्ने भएको छ। कम्पनीले नेश्नल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० रुपैयाँमा २५ हजार ९६६ कित्ता सेयर बेच्ने भएको हो। यस्तै सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५० हजार ३६९ कित्ता संस्थापक सेयर प्रतिकित्ता १२ सय रुपैयाँमा बेच्ने जानकारी दिएको छ। सेयर किन्न इच्छुकले असार २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

अब के बेच्ने?

ढुङ्गा, माटो र गिटी बेच्ने जे छन् हाम्रो सम्पत्ति र झिटी बेच्ने  मैदान, पहाड, हिमाल त अझै बाँकी छन् नि मनुवा पैसा कमाउन ती सबै बेच्ने? धनी बन्न अब के देशै बेच्ने?