२२ माघ, काठमाडौं । प्रहरीले रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थायी घर भई हाल टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठानको गौमुखी गाउँपालिका-७ स्थायी घर भई हाल तारकेश्वर-११ बस्ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् । […]