कञ्चनपुर, १५ मङ्सिर । फोहरमैला व्यवस्थापन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएका कलुवापुर, झलारी, वनसमिति, गर्जमुनी बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन कार्ड वितरणका लागि कर्मचारी खटाएको हो ।