बेलायतको प्रधानमन्त्री बन्ने रेसमा अझै ऋषि नै अगाडि

बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनाक सबैभन्दा अघि रहेका छन् । सोमबार कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि सांसदहरूबीच भएको तेस्रो चरणको मतदानमा पनि उनी पहिलो स्थानमा रहन सफल भएका हुन् ।उता सांसद टम टुगेंडहट भने यो रेसबाट बाहिरिएका छन् । पूर्व अर्थमन्त्री ऋषि सुनाकसँगै दोस्रो नम्बरमा वाणिज्य मन्त्री पेनी मोर्डेंट, तेस्रो स्थानमा विदेश मन्त्री लिज ट्रस र चौथो नम्बरमा केमी बडेनोच रहेका छन् । मंगलबार बाँकी चार उम्मेदवारबीच फेरि मतदान हुनेछ । अन्तिम दुई उम्मेदवा