पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. १ र २ जोड्ने बौदीखोलामामा आएको बढीले पक्की पुल बाढीले बगाएको छ ।
बौदीखोलामा आएको बाढीले ढलान गर्न तयारी अवस्थामा रहेको निर्माणाधीन पक्की पुल बगाएको हो । वडा नं. २ का अध्यक्ष बालप्रसाद ठाडाले दिनुभएको जानकारी अनुसार उक्त पुल मंगलबार ढलान गर्ने भनी सबै तयारी गरिएको थियो । ३५ मिटर लामो उक्त पुल गत फागुन महिनामा गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभएको थियो ।