मुख्यमन्त्री कार्यालयले तेस्रो पटक रोक्यो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि दिइने ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली बुधबारदेखि लागू गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले पुनः रोक लगाएको छ । ट्रायल सञ्चालकहरुले काठमाडौं उपत्यकामा लाइसेन्सका लागि ७० अंक प्रणाली लागू नगर्न दवाव दिइरहेको घटना सार्वजनिक भइरहेका बेला मुख्यमन्त्री कार्यालयले तेस्रो पटक हस्तक्षेप गरेर रोक लगाएको हो ।