रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।
रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।
भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।
यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताउनु भएको छ । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्...