स्थानीय तहमा ६ हजार प्रशासकीय भवन निर्माणको प्रस्ताव

सरकारले संघीयता कार्यान्वयनका निमित्त स्थानीय तहमा ६ हजारभन्दा धेरै प्रशासकीय भवन निर्माण गर्ने तयारी गरेको छ । स्थानीय तहको पुनर्संरचनापछि साविकका भौतिक संरचनाबाट कार्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै ६ हजार ३०३ वटा प्रशासकीय भवन निर्माणको काम सुरु गरेको हो । पाँच वर्षभित्र सबै स्थानीय तहमा निर्माण सम्पन्न हुनेगरी काम थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।