अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले रोज्नुको मुख्य तीन कारण खुलाएकी छन् । मंगलबार राजधानीमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि देशका लागि अझै केही गर्न सक्छु भन्ने लागेर आफू एमालेमा जोडिएको बताइन् ।‘आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी छु,’ एमालेमा प्रवेश गरिसकेपछि संक्षिप्त मन्तव्य राख्दै उनले भनिन् । करिश्मका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको न