नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेसँगै खाली हुने डीआईजीको ३ सिटमा बढुवा गर्न बाटो खुलेको छ । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई एक सातापछि मन्त्रिपरिषद्ले सदर गर्नुपर्ने कानुनी व्यवस्था छ ।रिक्त हुन लागेको ३ वटा डीआईजीको सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा शुरु भएको छ । २०