काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मौद्रिक नीतिमा समावेश केही विषयमा समस्या र गुनासा भएको भन्दै त्यसको यथोचित सम्बोधन गर्ने आश्वासन दिए । धितोपत्र बजारको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको र समितिको सिफारिसका आधारमा मौद्रिक...