बिस्का जात्रामा ठड्याइँदै ५५ हात लामो लिङ्गो [तस्बिरहरु]

भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्राको चौथो दिन बुधबार साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङखेलमा ठड्याइँदै छ । बुधबार साँझ ६ बजेदेखि लिंगो ठड्याउन सुरु भएको हो । बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइएको थियो ।

सम्बन्धित सामग्री

बिस्का जात्रा : हात नभएको लिङ्गो जात्रा सम्पन्न – देशसञ्चार

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

हात नभएको योसिँद्योः उठाइयो

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ ।पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त योसिँद्योः को टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो  ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।त्यसैग

बिस्का जात्रा : आज साँझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने

भक्तपुरको बिस्का जात्राको क्रममा बुधबार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याउँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ ।आठ रात नौ दिन लामो बिस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो ।  जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ । प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने