काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य पुसमा बढेको छ ।
मंसिर मसान्तसम्म रू. ९ दशमलव ९३ रहेको योजनाको प्रतिइकाई खुद मूल्य पुस मसान्तसम्म रू. ९ दशमलव ९८ कायम भएको हो । योजनाको खुद सम्पत्ति मंसिर मसान्तसम्म रू. ६६ करोड ७८ लाखभन्दा बढी रहेकोमा पुस मसान्तसम्म रू. ६७ करोड ११ लाखभन्दा बढी कायम भएको छ ।
११ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि गत मंसिर ११ गते ६ करोड ७२ लाख ५३ हजार २६० इकाई बाँडफाँट गरिएको थियो ।
धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले पुस मसान्तसम्म धितोपत्र दलाल कमिसनसहित सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेन्चरमा गरेको लगानीको परल मूल्य रू. ३ करोड ५२ लाख १३ हजार छ । पुस मसान्तसम्मको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने परल मूल्यभन्दा बढी छ ।
पुस मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य रू. ३ करोड ७६ लाख ५५ हजार छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ५ करोड ५० लाख लगानी गरेको छ ।
मंसिरको तुलनामा पुसमा योजनाको आम्दानी बढेको छ । मंसिर मसान्तसम्म रू. १५ लाख ८४ हजार जम्मा आम्दानी गरेको योजनाले पुस मसान्तसम्म रू. ६७ लाख ६५ हजार जम्मा आम्दानी गरेको हो ।
खर्च भने मंसिरको तुलनामा पुसमा बढेको छ । मंसिर मसान्तसम्म रू. ६२ लाख २१ हजार खर्च भएकोमा पुस मसान्तसम्म रू. ८१ लाख ८१ हजार खर्च भएको हो । आम्दानीको तुलनामा योजनाको खर्च बढी भएकाले पुस मसान्तसम्म रू. १४ लाख १५ हजार नोक्सानी देखिएको छ ।