सरकारको प्रलयकारी भूल

न्यायपालिकाको शुद्धीकरणको नाममा संसदमा दर्ता गरिएको प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाभियोगलाई अजम्मरी हैसियत दिने प्रयास त्यसका पक्षधर राजनीतिक दल र बारले गरिरहेका छन्। प्रतिनिधिसभाको अवशानसँगै महाभियोग असान्दर्भिक या मृत भएको मान्ने एकथरी छन् भने अर्को संसदमा यसलाई लानुपर्ने र त्यो बेलासम्म राणाले निलम्बित अवस्थामै अवकाश लिनुपर्ने तर्क उनीविरुद्धको बारका वरिष्ठ व्यक्तिहरुले अघि सारेका छन्। […]