काठमाण्डाै – दशैँकाे घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्ताे निर्णय गरेकाे हाे । दशैँमा यात्रुलाई सास्ती नहाेस् र सजिलै आवतजावतका लागि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने निर्णय गरेकाे यातायात व्यवस्था विभागका महानिर्देशक टाेकराज पाण्डेले जानकारी दिनुभयाे । यस्तै अनलाइनमार्...