युक्रेनका राष्ट्रपति सवार गाडीलाई कारले दियो ठक्कर, गम्भीर चोटबाट भने जोगिए जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवारी दुर्घटनामा परेका छन्। उनी सवार मोटरकेड दुर्घटनामा परेको प्रवक्ताले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यात्रुसहितको कार राष्ट्रपति चढेको सवारी साधानमा ठोक्किएको हो। किएभमा दुर्घटना भएको हो। जेलेन्स्कीका सर्गेइ निकिफोरोभले वक्तव्य जारी गरेर दुर्घटनाबारे जानकारी दिँदै उनी गम्भीर घाइते नरहेको उल्लेख गरेका छन्। ‘डाक्टरले राष्ट्रपतिको जाँच गरेका छन्, कुनै पनि […]