दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका उद्योगपति विनोद चौधरीको ‘प्रत्यक्ष’ संसद यात्रा

–हेमन्त जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लाग्नु भएको हो । बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गर्नुभएको हो […]

सम्बन्धित सामग्री

रवि र स्वर्णीमले लिए शपथ, संसद यात्रा सुरु

काठमाडौं, १५ वैशाख। सभामुख देवराज घिमिरेले आज संसद भवन नयाँ वानेश्वरमा नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए। अर्का सांसद उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहे।

३८ वर्षीय अमनलाल मोदीको नेतृत्वमा कायम होला सुशासन ?

विराटनगर । अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका माओवादी नेता अमनलाल मोदीले यस पटक एमाले नेता विनोद ढकाललाई पराजित गर्दै संसद यात्रा तय गरेका थिए ।

ह्वील चेयरमा लक्ष्मीको संसद यात्रा

३ पुस, काठमाडौं । १३ वर्ष अगाडि दुर्घटनामा परेर मेरुदण्डको पक्षघात हुँदा लक्ष्मी घिमिरेको जीवनको लय विथोलिएको थियो । ह्वीलचेयरबाट जीवनको यात्रा तय गर्नुपरेपछि उनको बाटो मोडियो । त्यही मोडिएको बाटोले उनलाई आज प्रदेशसभा सांसदसम्म ल्याइपुर्‍याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशसभामा समानुपातिक सांसद छानिएकी लक्ष्मी एकमात्र अपांग सांसद हुन् । निर्वाचित भएको प्रमाणपत्र […]

कसरी सम्भव भयो ‘बग्री’ कार्चेन लामाको संघीय संसद यात्रा ?

माओवादीभित्रको सांगठनिक राजनीतिमा लामो अनुभव भएका कार्चेनलाई विवादित छविले संसदीय राजनीतिको यात्रा गर्न ढिला गरायो । हुम्लाको माओवादी आन्दोलन सुरु गर्दाका सहयात्री कर्णजीत बुढाथोकी (सुशील), छिमीदोर्ची लामा (आशाकर) पहिलो संविधानसभामै सांसद भएका थिए ।