पोखरामा ‘अन्नपूर्ण केबुलकार’ को व्यावसायिक सञ्चालन

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ ।अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो । आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म