नक्कली ट्विटर ह्यान्डलले दुखायो कुलमान घिसिङको टाउको ! गलत सूचना दिएको प्रति ध्यानाकर्षण

वैशाख २८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका नामबाट सामाजिक सञ्जालमा दर्जनौ नक्कली खाता खोलिएका छन् । धेरै फ्लोअर्स बढाउने उदेश्य राखेर कसेले खोलेका त्यस्ता नक्कली खाताबाट अहिले भने घिसिङ आजित भएका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहिता विपरित त्यस्ता आईडीबाट गलत सूचना दिइरहेको भन्दै घिसिङले विज्ञप्ती जारी गरेर ध्यानाकर्षण गराएका छन् । उनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल सार्वजनिक गर्दै अन्य ह्यान्डलबाट आएका सूचना आधिकारिक नभएकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।