काठमाण्डाै - गएको ४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान सुरु हुन लागेको उज्यालोलाई जानकारी दिनुभयो । यो केन्द्रमा ९९९ जना मतदाता छन् ।
बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको त्रिवेणी, बुढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मत...