आलु जोन क्षेत्रमा नै मकै र आलुमा किराको प्रकोप, किसान चिन्तित

गोरखाको धार्चे गाउँपालिका–५, गुम्दा आसपासका क्षेत्रमा आलु र मकैमा किराको प्रकोप देखिएको छ । मुख्य खाद्यान्न बालीका रूपमा रहेको आलु र मकैको बोट किराले सखाप पारेपछि किसानहरू चिन्तित भएको स्थानीय सन्ध्या...

सम्बन्धित सामग्री

म्याग्दीमा खडेरी र फौजी किराले मकै सखाप

म्याग्दी : समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किराको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्ताले खिन्न बनेका छन्।विगत वर्षहरूको तुलनामा यस वर्ष म्याग्दी जिल्लामा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन्।जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी नटीय क्षेत्रका किसानहरूले लगाएको मकै बालीमा रोग र फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए।जिल्लाको लेकदेखि बेंसीस

म्याग्दीका फलफूल र मकैमा रोग किराको प्रकोप

गलेश्वर, २४ वैशाख । म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी किरा र फलफूलमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय […]

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप : मकै सखाप

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि …

अमेरिकन फौजी किराले मकै सखाप

काठमाडौँ – बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो। त्यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्। किराले मकैको बोट सखाप पार्ने गरेको छ। लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो। कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर […]

बाँकेको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।  मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् ।किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा–६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसाय

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप

७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले […]

मकैमा फौजी किराको प्रकोप

बैतडी : मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। किराले भर्खरै उम्रेका बोटहरु सखाप परेको छ।दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकामा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। यस क्षेत्रमा गत वर्ष पनि फौजी किराको प्रकोप देखिएको थियो।फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया–५ का किसान अजबबहा

सल्यानमा मकै बालीमा गबारो किराको प्रकोप

सल्यान : किसानले लगाएका मकै बालीमा गबारो र फेद कटुवा किराको प्रकोप देखिएको छ। गोड्ने बेलाका मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका छन्।मुख्य बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका हुन्। दुईपटक गोडिसकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बताए। दुईपटक विषादी हाल्दा पनि कम नगरेको उनको भनाइ छ। रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेले

मकैमा फौजी किराको प्रकोप : दोस्रो पटक मकै रोप्दै किसान

जेठ २६, सल्यान । सल्यानमा किसानले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । यस वर्ष जिल्लाको सिद्ध कुमाख गाउँपालिकाका किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । मकै बालीबाट राम्रो आम्दानी लिदैँ आएका किसानहरु फौरी किराले बोट सखाप पार्न थालेपछि चिन्तित भएका छन् ।  सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाँडामा किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । मकै गोड्ने बेलामा फौजी किराको प्रकोपले समस्या बनाएको धानटाकुराका किसान दुर्पत बुढाथोकीले जानकारी दिए ।  ‘फौजी किराले मकै सखाप पारेको छ, राम्रो उत्पादन हुने भएपछि हामीले मकै रोपेका थियौँ, बिगतमा यस्तो प्रकोप थिएन्, पहिलोपटक मकैमा यस्तो समस्या देखा परेको छ’ उनले भने । मेलबोटका किसान देवी बुढाथोकीले किराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक मकै रोपेको जानकारी दिईन् । बाँझकाँडाका करीब १०० बढी किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखा परेको सिद्ध कुमाख गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।  नायव प्राविधिक सहायक चन्द्र बहादुर केसीले सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाडाका अधिकांश किसानले रोपेको मकैमा फौजी किराको प्रकोप रहेको जानकारी दिए ।   उनले केही किसानले लगाएको मकैमा फेद कटुवा किराको प्रकोप देखिएपनि अधिकांश किसानले रोपेको मकैमा अमेरिकन फौजी किराको प्रकोप रहेको बताए । उनले किरा नियन्त्रणका लागि यहाँका २३ ओटा समूहलाई इमाभेटिन बेन्जोएट नामक विषादी वितरण गरिएको जानकारी दिए । यता कृषि विकास कार्यालय सल्यानले जिल्लामा अहिलेसम्म फौजी किराको प्रकोप देखिएको बारेमा कार्यालयमा खबर नआएको जानकारी दिएको छ । कार्यालयका प्रमुख महेश आचार्यले मकैको फेद कटुवा किराको बारेमा जानकारी आएको तर फौजी किराले गरेको असरका बारेमा अहिलेसम्म जानकारी नआएको बताए ।  फेद कटुवा किराले मकैको डाँठ नै काट्ने भएकाले समस्या हुने गरेको भएपनि फौजी किरालाई भने सुरुवाती चरणको अवस्थामा नियन्त्रण गर्न सकिने उनले बताए । ‘हामी कहाँ शारदा नगरपालिकाका २÷३ ठाउँबाट मकैमा किराको प्रकोप देखिएको बारेमा खबर आएको थियो, बुझ्दै जाँदा फेद कटुवा किराको प्रकोप रहेछ’ उनले भने । उनले फेद कटुवा किरा दिउँसो बोटको मुनि जरा आसपासमा बस्ने र रातको समयमा डाँठ नै काट्ने भएकाले किसानलाई बढी समस्या हुने बताए । उनले फौजी किराले मकैको पात, गुभो लगायतका भाग खाने भएकाले विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिने जानकारी दिए । जिल्लाभर करीब १९ हजार ३०० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

पाँचथरमा फौजी किराले मकै बाली सखाप पारेपछि किसान चिन्तित

पाँचथर – पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो । उहाँका अनुसार हिलिहाङ गाउँपालिकामा मात्र ५ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकै बालीमा क्षति पुर्याएको छ । हिलिहाङ गाउँपालिकाको प्रमुख खाद्यन्न बाली मकै हो । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेपछि ज्ञान केन्द्रबाट अनुदानमा उपलब्ध हुने ...