गृहनगरमा ओलम्पियनको व्यस्तता

सोनिया भट्ट टोकियो जानुअघि जुडो खेलाडीमात्र थिइन् । फर्कंदा उनको परिचय फेरिएको छ । ओलम्पियन जुडो खेलाडी भएकी छन् । सोनियालाई अहिले स्वागत अनि सम्मान थाप्न भ्याइनभ्याइ छ । बाँकेको खजुरा निवासी सोनियालाई भेट्न घर पुग्दा बधाई दिनेको फोन रिसिभ गर्नमै उनी व्यस्त थिइन् ।