फोहोर व्यवस्थापन निजीलाई सुम्पने योजना अलपत्र

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने सरकारको डेढ दशकअघिको योजना अलपत्र परेको छ । फोहोर उठाउने, प्रशोधन गर्ने, विद्युत् निकाल्ने र सरकारलाई रोयल्टीसमेत तिर्ने गरी निजी क्षेत्र ल्याउन खोजिएकामा परियोजना विकाससम्बन्धी सम्झौता नै हुन सकेको छैन ।