विवाह बन्धनमा बाँधिए राजकुमार ह्यारी

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच शनिवार एउटा भव्य समारोहमाझ विवाह भएको छ।

सम्बन्धित सामग्री

शाही विवाहमा नेपाली जन्ती

बेलायती राजपरिवारका रौसिला राजकुमार ह्यारी बेलायती राजपरम्पराका धेरै मान्यतालाई तोड्दै आफूभन्दा तीन वर्ष जेठी प्रेमिकासँग गत शनिवार विवाह–बन्धनमा बाँधिए । विवाह समारोह शाही परम्पराअनुसार भए पनि बेलायती राजपरिवारमा भित्रिने मेगन मर्केल पहिलो अमेरिकन तथा अभिनेत्री हुन् ।

राजकुमार ह्यारी र मेगन वैवाहिक बन्धनमा बाँधिए - Naya Patrika

बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी अभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । राजधानी लन्डनबाट झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा शनिबार उनीहरूको विवाह सम्पन्न भएको...पूरा पढ्नुहोस् »

मेगनको इन्गेजमेन्ट

बेलायती राजकुमार ह्यारी र मोडेल तथा अभिनेत्री मेगन मर्केलको इन्गेजमेन्ट भएको छ । केही समयमै विवाह बन्धनमा बाँधिन लागेका उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । राजपरिवारको स्रोतका अनुसार उनीहरुले यही महिनाको सुरुवाततिर लन्डनमा इन्गेजमेन्ट गरेका हुन् । यसबारेमा ह्यारीले आमा र आफन्तजनहरुलाई समेत बताएका छन् । अझ उनले मेगनको परिवारका तर्फबाट आशीषसमेत लिइसकेका छन् ।

विवाहको निर्णयले ‘एकदमै खुसी’

विवाह बन्धनमा बाँधिने पक्का भएपछि पहिलो पटक संयुक्त रुपमा टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारी र अभिनेत्री मेघन मार्केलले विवाहको निर्णयले आफूहरु एकदमै खुसी भएको बताएका छन्। टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारीले सुन्दर मार्केल विस्तारै आफ्नो जीवनमा आएको बताए । बेलायतको राजगद्दीको उत्तराधिकारीको रोलक्रममा पाँचौ नम्बरमा रहेका राजकुमार ह्यारीले चिकेन रोस्ट बनाइरहेको बेला आफ्नै निवास केन्जिङ्टन दरबारमा मार्केललाई प्रेम प्रस्ताव गरेको बताए । मेघन मार्केलले पनि राजकुमार ह्यारीको भनाइलाई समर्थन गर्दै उनले आइतबार राति घरमै प्रेम प्रस्ताव गरेको बताइन्।

विवाह बन्धनमा बाँधिदै राजकुमार ह्यारी, यी हुन् प्रेमिका

लन्डन। बेलायतका राजकुमार ह्यारीले आफ्नो प्रेकिा अमेरिकी नायिका मेगन मार्कलसँग विवाह गर्ने निश्चित भएको छ । राजकुमार ह्यारी र मेगनले केहि वर्षयता एक–अर्कालाई माया गर्दै...