कांग्रेस नेताहरू भन्छन्ः सरकारले मुलुकमा सामन्तवाद लाद्न खोज्यो

नेपाली कांग्रेसका नेताहरूले राज्यका सबै अंगहरूलाई पङ्गु बनाएर सरकार मुलुकमा सामन्तवाद लाद्न उद्दत बनेको आरोप लगाएका छन्। कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहले शुक्रबार बिहान राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले राज्यका सबै अंग क्याप्चर गरेर अधिनायकवादतर्फ उद्दत हुन थालेको गुनासो गरेका हुन्।