ओखलढुङ्गा, चैत १४ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको नाम नागीभीर हो । […]