काठमाडौं : देशभर पछिल्लो समय डेंगु रोग संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ५४ रहेको थियो।आज एकजनाको मृत्यु भएसँगै मृतक संख्या ५५ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। साउनदेखि हालसम्म ४६ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार हालसम्म ७ वटै प्रदेशका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ।