मोरङका नटवरलाल : पैसा डबल बनाउने भन्दै  दुई लाख २० हजार झ्वाम !

प्रदेश नम्बर १ को अस्थायी राजधानी मोरङमा ठगीको अनौठो घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित अशोक चोक बस्ने बर्ष ३५ का चन्दन कुमार मुखियाले स्थानीय राजकुमार रायबाट पैसा बडल बनाइदिने भन्दै २ लाख २० हजार लिएका थिए । सो पैसा पाएपछि उनले १ बाल्टिन चोखो पानी ल्याउन लगाउँदै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाएर २ वटा केमिकल र सिरिन्ज समेत दिइ २४ घण्टामा सो पोकोमा केमिकल सिरिन्जबाट हाले पैसा डवल हुने भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । गत चैत २० गते भएको