शुक्रबार दिउँसो सुदूरपश्चिमका पहाडी जिल्लाको प्रवेशद्वार कैलालीको अत्तरियामा यात्रुहरूको भिड थियो । कोही सवारी नपाएर हैरान थिए, कसैलाई निर्धारित भाडाभन्दा बढीमा गन्तव्य पुग्नुपर्ने बाध्यता थियो । त्यसमाथि क्षमताभन्दा बढी यात्रुले भरिभराउ देखिन्थे सार्वजनिक सवारी साधन । सोही क्रममा अत्तरियादेखि डडेल्धुराका लागि एउटा बिजुली बस छुट्यो । ११ सिट पास रहेको उक्त...