पूर्वराजासँग पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको स्पष्ट पारेका छन् । प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै ओलीलाई सो आरोप पुष्टि गर्न चुनौति समेत दिएका छन् । उनले राजासँग पाँच बुँदे सहमति भएको भन्ने शत प्रतिशत झुटो कुरा प्रचार भएको बताएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा बोल्दै २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भ